काठमाडौं महानगरपालिकामा राहतका लागि फारम भर्नेको भिड (भिडियोसहित)

काठमाडौं । लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् ।

घरभन्दा टाढा रहेका, दैनिक ज्याला मजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन् । अहिले उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ । महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लागेको छ । अध्ययनका लागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन् ।

https://www.facebook.com/lokpath/videos/225497082050013/?t=43

विशेषगरी अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना नगरेको पाइएको छ । बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मा पनि राहत लिन फारम भर्नेहरुको त्यस्त भिड देखिन्थ्यो । काखमा बच्चा बोकेका महिला देखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । लक डाउन जारी भएको केही दिनपछिबाट नै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?