अन्तिममा माधव नेपाल पक्ष पछि हटेपछि सानु श्रेष्ठ सभामुखमा निर्विरोध

हेटौंडा, २७ माघ । प्रदेश ३ को सभामुखमा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् उम्मेदवारी दर्ताका लागि दिइएको दिउँसो १ बजेसम्मको समयमा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् यसअघि एमालेकै माधवकुमार नेपाल समूहले राजेन्द्रमान श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिम समयमा आएर पछि बढेपछि सानु श्रेष्ठलाई बाटो खुला भएको हो एमाले पोलिटब्यूरो सदस्य समेत रहेका उनी काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । मुख्यमन्त्रीमा उनको दाबी रहेपनि एमालेले डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै श्रेष्ठलाई सभामुख बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?