काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले अवार्ड दिने भएको छ । नेपाल जापानको सम्बन्ध सुदृढिकरणमा सहयोग पुर्याएको भन्दै जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि राइजिङ सन अवार्ड’ प्रदान गर्न लागेको हो ।
पूर्व सभामुखसमेत रहेका नेता पौडेललाई जापान स्थित नेपाली दुतावासले बिहीवार एक विज्ञप्ती जारी गर्दै यो वर्षको अवार्ड दिने निर्णय गरेको बताएको छ ।
दुतावासले सार्वजनिक गरेको विज्ञप्ती अनुसार पौडेलले नेपाल जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उक्त विभुषण दिन लागेको हो । नेपाल पौडेल सभामुख रहेको बेला नेपाल जापान फ्रेन्सशिप पार्लियामेन्टेरियन कमिटि गठन गरेका थिए ।
जसका माध्यमबाट तत्कालिन सभामुख पौडेलले सांसदहरुकाबीचमा अनुभव साटासाट गरी दुई देशबीचको सम्बन्ध सौहार्दपुर्ण बनाउन भूमिका निर्वाह गरेकोले उक्त अवार्ड प्रदान गरिएको दुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया