नयाँ बसपार्कमा प्रहरी आतंक : १५ महिने शिशु पनि हिरासतमा

काठमाण्डौं, ३ असोज । गृहमन्त्रीको ठाडो निर्देशनमा महानगरिय प्रहरी प्रभाग गाेंगबुको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक हरिहर सुनुवार नयाँ बसपार्क हाजिर भएको एक महिनापनि बितेको छैन । तर शान्तिसुरक्षा भन्दापनि त्रासको वातावरण सिर्जना बढी भएको देखिन्छ । होटल रेष्टुराँमा अनुसन्धानको नाममा प्रहरी छिर्ने र निशुल्क मदिरा सेवन गर्ने अनी त्यहीका मानिसलाई नियन्त्रणमा लिने गरेको नाम नबताउने सर्तमा एक दोहोरी सञ्चालक बताउछन् । हुन त सुनुवार आफुलाई कडा प्रहरी अधिकृतको दर्जामा उभ्याउन अभ्यस्त छन् । र उनलाई प्रत्यक्ष निर्देशन महानगरिय प्रहरी बृत महाराजगञ्जले दिने हो । महाराजगञ्ज बृत प्रमुख योगेन्द्रसिंह थापाले स्थानीय कमाण्डर नै सक्रिय रहेमात्र शान्ति सुरक्षा बहाली हुनेभन्दै छड्के गस्तिभन्दा अन्य गतिविधी आँफैले नयाँ बसपार्क क्षेत्रमा गरेको देखिदैन । हाकिमले गरेको विश्वासको फाइदा उठाउदै सुनुवारको ज्यादती यतिवेला बसपार्क क्षेत्रमा बढेको पाइन्छ । कत्तिसम्म भने केही समयअघि नयाँ वसपार्कको मित्रनगरस्थित होटल विन्दाबासिनिमा प्रहरी हुँ भन्दै र्याक नाम गरेका व्यक्ति हतियारसहित प्रवेश गरेर विभिन्न सामान लुटेको उजुरी महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कमा पर्छ र प्रहरीले उक्त व्यक्तिलाई पक्राउ पनि गर्छ । तर प्रहरी निरिक्षक हरिहर सुनवारले कुनै कारबाही नगरी छोडिदिएका छन् । यस विषयमा प्रहरी निरिक्षक सुनुवारको प्रतिक्रिया लिन खोज्दा उनले बुद्दराज नाम गरेको व्यक्तिलाई पक्राउ गरि साधारण तारेकमा छाडेको स्वीकार गरे ।   रोमान्स गर्न आएका दम्पती र १५ महिने शिशु पनि रातभर प्रहरी खोरमा हो गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भएका नियन्त्रण प्रहरीले गर्नुपर्छ । र बास बस्ने नाममा व्यवसायिक यौन धन्दा गरे, गराएमा तिनलाई दण्डित गर्नैपर्छ । तर उनले सुरक्षा चेकजाँचको नाममा मानिसलाई यत्तिसम्म दुःख दिने गरेका छन् कि गत असोज १ गते विवाह दर्ताको प्रमाणपत्र देखाउदा पनि गेष्ट हाउनमा अनैतिक क्रियाकलाप गरेको भन्दै एक दम्पतिलाई पनि पक्राउ गरे । यि दम्पती काठमाडौमा नै डेरा गरी बस्ने रहेछन् , एउटा डेरामा परिवारको अन्य सदस्यहरु पनि रहेकोले ग्रेष्टहाउसमा बसेका रहेछन् । आफ्नो विवाह दर्ताको प्रमाणपत्र देखाउदापनि प्रहरीले हिरासतमा राख्नु यो भन्दा क्रुर शैली के हुन सक्छ ? यस विषयमा प्रभागका निरिक्षक सुनुवार संग बुझ्न खोज्दा गेष्ट हाउसमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाका आधारमा सोधपुछका लागि दम्पतीलाई नियन्त्रणमा लिएको स्वीकार गरे । अनैतिक क्रियाकलाप गरेकै आरोपमा प्रहरीले १५ महिने शिशु सहितको दम्पतीलाई सहित नियन्त्रणमा लिई छाडेको थियो । हामीले प्रभागका ईन्चार्ज सुनुवारलाई यस विषयमा बुझ्न खोज्दा उनले शिशुलाई हिरासतमा नराखेको तर आमासँगै नियन्त्रणमा राखेको प्रष्टोक्ति दिएका छन ।साथमा शिसु र विवाह दर्ता प्रमाण पत्र देखाउँदा समेत प्रहरी नियन्त्रणमा परिने भएपछि शान्ती सुरक्षाका नाममा प्रहरी आतंक बढेको पिडितहरुले बताउन थालेका छन ।   २० जना क्षमताको हिरासत कक्षमा दैनिक ५० देखी ६० बन्दी हो नयाँबसपार्क क्षेत्र अपराध र अन्य विविध कारणले असभ्यताले पनि केही हदसम्म परिचित छ । यहाँ प्रहरीले विशेष चनासो नराख्ने हो भने अपराधले प्रश्रय पाउने निश्चित छ । तर शान्तिसुरक्षा बहाली र अधिकार पाएको नाममा निर्दोष नागरिक प्रहरी हिरासतमा पर्नु सान्दर्भिक हुन सक्दैन । नागरिकको व्यापक गुनासोपछि हाम्रो टिम महानगरिय प्रहरी प्रभाग नया बसपार्कको अवस्था बुझ्न गत असोज १ गते साँझ ६ बजेको समयमा पुगेको थियो, अघिल्लो दिन प्रहरी नियन्त्रणमा भएकाहरु छुटेका थिएनन् । हामीले अनौपचारिक रुपमा त्यहीका कनिष्ठ प्रहरी अधिकारीलाई यतिवेलासम्म किन वन्दीहरु नछोडेको भन्दा अहिले यस्तै छ हजुर भन्दै थिए । गल्ति गर्ने त जेल पर्यो ठिकै छ निर्दोष व्यक्तिलाई सोधपुछको नाममा २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्नुलाई कसरी जायज मान्ने ? र एउटा निर्दोष नागरिक प्रहरी हिरासतमा बस्दा उसमा कति हिनताबोध होला ? उता यातायात मजदुर र व्यवसायीको आफ्नै गुनासो छ दशैको समयमा यात्रुलाई कसरी टिकट दिने भनी धौ धौ छ र यात्रु तान्तुपर्ने परिस्थिती नै छैन । तर यात्रु तानेको नाममा व्यवसायी र बजदुरलाई हैरानी दिएको गुनासोपनि उत्तिकै सुनिन्छ ।

अपलाईन न्यूजबाट साभार

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?