राकुटेन भाइबर र युएन वुमेनबीच सहकार्य

काठमाडौं । नेपालमा महिला सशक्तिकरण र लैङ्गिक समानता प्रवद्र्धनका लागि राकुटेन भाइबर र युएन वुमेनबीच आपसी सहकार्य भएको छ ।

अहिलेको डिजिटल युगमा महिला सशक्तिकरण र लैङ्गिक समानता अभिवृद्धिका लागि नवीन खोज र प्रविधि विकास पनि परिचालक हुन सक्दछन् ।

युएन वुमेन नेपाल र राकुटेन भाइबर, जुन मेसेन्जर एवं कल एप भाइबरको कम्पनीको रुपमा चिरपरिचित छ, यी दुई संस्था यो नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै समुदायहरुमा लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवद्र्धन गर्ने सन्दर्भमा साझेदारी गर्न अग्रसर भएका हुन् ।

सूचना, जानकारीहरु आदान प्रदान गर्ने एक साझा मञ्च र नेपाल लगायत अन्यका भाइबर प्रयोगकर्ताहरुलाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारी अन्तर्गत भाइबर ‘कम्युनिटी’ र २ वटा स्टिकर प्याकहरु पनि प्रस्तुत गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

भाइबर कम्युनिटीले एक अनलाइन स्थान संचालन गर्नेछ, जहाँ आफ्नो रुचीमा आधारित रहेर मानिसहरु नजिकिन सक्दछन् । यो नयाँ कम्युनिटीमार्फत विविध सञ्चार सामग्रीहरु जस्तै तस्वीरहरु, इन्फोग्राफिक्स र भिडियोहरुको प्रयोग गरेर युएन वुमेनले लक्षित वर्गहरुसम्म पुग्ने, जानकारीहरु प्रचार प्रसार गर्ने तथा सामाजिक मानकहरु, लैङ्गिक भूमिकाहरु, असमानता र महिला, बालिकाहरु तथा सीमान्तकृत समूहका व्यक्तिहरु आदिको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

कम्युनिटीले प्रयोगकर्ताहरुलाई जनमत साथसाथै स्टिकर प्याक जस्तो विशेषताहरुमार्फत उनीहरुलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकहरुसँग अन्तरक्रिया गर्नको लागि अवसरहरु पनि उपलब्ध गराउनेछ ।

“नवीनतम खोज र प्रविधिले समुदायहरुमा पुग्ने पर्याप्त अवसरहरु उपलब्ध गराउँदछ ।” युएन वुमेनको नेपाल प्रतिनिधि वेन्नी कुसुमाले भन्नु हुँदै अगाडी बताएकी छिन्, “यो साझेदारीमार्फत् हामी दुवै मिलेर हाम्रो जनचेतना अभिवृद्धि र परामर्श प्रयत्न उकास्नका लागि एक मुख्य माध्यमको रुपमा यो नवीन खोजको प्रयोग गर्ने लक्ष्य लिएका छौं ।”

साझेदारीको सन्दर्भमा आफ्नो मन्तव्य राख्दै राकुटेन भाइबरको एप्याकका बिजनेस डेभलपमेन्टका सिनियर डाइरेक्टर श्री अनुभव नैयरले भने “भाइबर महिला सशक्तिकरण र लैङ्गिक समानता जस्तो गहनतम विषयका लागि युएन वुमेनसँग सहकार्य गर्न पाएकोमा गौरवान्वीत भएको छ । यो सहकार्यले हाम्रो समाजमा विद्यमान धेरै गम्भीर मुद्दाहरुलाई सम्बोधन गर्नेछ । हामी दुवैको लक्ष्य नेपालका अधिकाँश नागरिकहरुमाझ सचेतना सिर्जना गर्दै यी सरोकारका विषयहरुलाई सम्बोधन गर्नु रहेको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?