काठमाडौं । कतार र युएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
कतारबाट नेपाललाई सहयोग स्वरुप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको छ । बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्द अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कतारले पीपीई सेट, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएस, सीआरआरटी मेसीन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजर लगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए ।
https://www.facebook.com/lokpath/videos/253001292519427/?t=1
बुधबार नै युएईले पनि नेपाल सरकारलाई कारोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । युएईले करिब ९ टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो । युएईबाट इतिहादको वाइडबडी विमान चार्टर गरी उक्त सामग्री नेपाल आइपुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया