काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ सय ७९ महिला सहित १८ सय ८९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी १४ सय ९०, ललितपुरमा ३ सय ५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई उनले आग्रह गरका छन् । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४५ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया