काठमाडौं । नेकपा संसदीय दलमा आफ्नो बहुमत देखाएर प्रधानमन्त्री पदमै रहिराख्ने योजनाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर अभियान थालेका छन् ।
आफूमाथि पद छाड्ने थप दवाव बढेपछि बुधबार बिहानमात्रै पनि ओलीले झण्डै एक दर्जन सांसदहरुलाई बालुवाटर बोलाएर हस्ताक्षर गराएका छन् ।
ओलीको बोलावटमा बुधबार बिहान बालुवाटार पुगेका सांसदहरुले आफूले खाली कागजमा हस्ताक्षर गरेको बताएका छन् ।
बालुवाटामा बोलाइएकामध्ये नेकपा उपाध्यक्ष वामदेव गौतमपत्नी तथा सांसद तुलसा थापा (गौतम) ले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी छिन् ।
हस्ताक्षर अभियान चलाउँदा पार्टीभित्र थप समस्या आउने ठानेर आफूले हस्ताक्षर नगरेको थापाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया