चित्तल मारेको आरोपमा पक्राउ

काठमाडौं । दाङमा चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मारेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिंडारीले बताए ।

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?