नेपालमा कोरोना अपडेट : ५७ जना पुगे संक्रमित, ८७ जना आईसोलेसनमा उपचार हुँदै (विवरणसहित)

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ को कारण हालसम्म नेपालमा ५७ जना संक्रमित भएका छन् । आज (बुधबार) थपिएका ३ जना संक्रमित समेत गरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ पुगेको हो । तिमध्ये १६ जना उपचार पछि निको भएर घर फर्केका छन् ।

आज पुष्टि भएका संक्रमित पर्सा र बाराका पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा सिमरा क्वारेन्टाईनमा बसेका उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित मध्ये १ जना पर्साका ४६ वर्षिय पुरुष हुन् भने अर्का दुई जना बाराका ३१ र ४३ वर्षिय पुरुष हुन् ।

उनीहरु यसअघि संक्रमित भएका दिल्लीबाट फर्केकाहरुसँगै भारतबाट आएको बुझिएको छ । नेपालमा पुष्टि भएका सबै संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा हालसम्म पिसीआर विधीमार्फत् ११ हजार ५ सय २४ वटा परीक्षण भएका छन् भने आरडिटीविधीबाट ४५ हजार ६ सय ६५ वटा परिक्षण भएका छन् ।

गत २४ घण्टामा मात्रै २ हजार ३ सय ६७ वटा नमूना जाँच गरिएको छ ।

प्रदेश नम्बर १ मा हालसम्म ४ हजार ८ सय ८१ वटा नमूना आरडिटी विधीमार्फत् जाँच गरिएको छ भने प्रदेश २ मा ५ हजार २ सय ९८ वटा नमूना जाँच गरिएको छ । वाग्मती प्रदेशमा ८ हजार २ सय १७ वटा, गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३ वटा, प्रदेश ५ मा ३ हजार ६ सय ७१ वटा, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ वटा, सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ वटा नमूना आरडिटीविधीमार्फत् जाँचिएको छ ।

यस्तै हालसम्म २२ हजार ९ सय १ जना क्वारेन्टाईनमा बसेका छन् । यीमध्ये सबैभनदा धेरै प्रदेश ५ मा १२ हजार ५ सय १५ जना रहेका छन् । प्रदेश १ मा २ हजार ४ सय ७८ जना, प्रदेश २ मा १ हजार ४ सय ४ जना, वाग्मती प्रदेशमा ६ सय ११ जना, गण्डकी प्रदेशमा ६९४ जना, कर्णाली प्रदेशमा ३ हजार ९ सय ६३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना रहेका छन् ।

त्यस्तै देशभर आईसोलेसनमा बस्नेहरुको संख्या ८७ रहेका छन् । काठमाडौंमा ४ र बाहिर जिल्लामा ८३ जना आईसोलेसनमा बसेका छन् ।

मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा मात्रै १८९७ वटा कल आएकोमा चिकित्सकले ति प्रश्न र जिज्ञाशाको जवाफ दिएका छन् । यस्तै प्रवक्ता देवकोटाका अनुसार स्वमूल्याकंनका लागि मन्त्रालयको वेवपेजमा हालसम्म विवरण भरेका २८ हजार ६९५ जनामध्ये ३१० जना रेड जोनमा परेका छन् ।

गत २४ घण्टामा १ जना रेड जोनमा परेका छन् । तिनको थप विवरण संकलन गर्ने र परीक्षणको दायरामा ल्याउने काम भइरहेको छ ।

यसअघि प्रकाशित :

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?