लकडाउनमा पत्रकारलाई आर्थिक समस्या

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)संक्रमण रोकथामका लागि लकडाउन लागू भएसँगै मृगौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक समस्यामा परेको छ ।

लकडाउनले काम गर्न नपाएपछि पत्रकार पाल्पालीको उपचार खर्च जुटाउन समस्या भएको उनकी श्रीमति रेणुका भट्टराईले बताइन् । यस्तै घरमा खाद्यान्नको समेत समस्या भएको भट्टराईले बताइन् । लकडाउन लम्बिदै गएपछि समस्या पनि थपिदै गएको उनले बताइन् ।

https://www.facebook.com/lokpath/videos/601275970473345/?t=30

आर्थिक समस्या परेपछि पत्रकार पाल्पालीले खाने औषधिको अभाव भएको छ भने बालबच्चालाई भोकै सुताउनुपर्ने अवस्था आएको भट्टराईले बताइन् । साहित्यकार समेत रहेका पाल्पाली दुवै मृगौला फेल भएपछि २०७० साल यता उपचार गराउँदै आएका छन् । आफु पनि मधुमेहको बिरामी भएकोले अझै बढी समस्या आएको श्रीमति भट्टराईले बताइन् ।

पाल्पाली नेपाल बोर्डर साप्ताहिकका प्रकाशन तथा सम्पादक हुन् । पाल्पालीलाई अहिले हप्तामा तीन दिन डाइलासिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सीएपीडी विधिअनुसार घरमै डाइलासिस हुँदै आएको छ । तर लकडाउनले आम्दानी नभएको र सीएपीडी डाइलासिस गर्ने औषधि खरिद गर्न नसकेको दुखेसो भट्टराईले पोखिन् । पाल्पालीको परिवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?