ओली निकट सांसदद्वारा बालुवाटारमा हस्ताक्षर संकलन !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका पक्षधर सांसदहरुले हस्ताक्षर संकलन थालेका छन् । प्रम ओलीले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाई सरकारलाई थप बलियो बनाउन संघीय सांसदहरुले हस्ताक्षर संकलन शुरु गरेको स्रोतले जनाएको छ ।

नेकपामा पछिल्लो समय देखिएको मनमुटावका कारण नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आफ्नै पार्टीबाट विश्वास गुमाउँदै गएका छन् । ओलीले अध्यक्षबाट नछोडे प्रधानमन्त्रीबाट समेत हटाउन सक्ने भन्दै थप मजबुत बन्नका लागि हस्ताक्षर संकलन गर्न लागिएको हो ।

काठमाडौं बाहिर रहेका सांसदहरु समेतलाई बोलाएर सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा ओली निकट सांसदहरु बुधवार भेला भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?