काठमाडौं अमेरिकी रक्षा विभाग (डीओडी) ले हालै तीन वटा भिडियो सार्वजनिक गरेको छ । जसले एक यूएफओ (अनआइडेन्टिफाइड फ्लाइंग अब्जेक्ट उड्ने वाला अज्ञात वस्तु) लाई दर्शाउँछ ।
त्यहाँ मध्येको एक भिडियो नोभेम्वर सन् २००४ मा कैद गरेको थियो भने अन्य दुई भिडियो भने जनवरी सन् २०१५ मा कैद गरेको थियो ।
उक्त भिडियोहरु सन् २००७ र सन् २०१७ मा अनाधिकृत तरिकाले सार्वजनिक गरेको थियो । उक्त भिडियो देखेपछि एलियन जस्तो अन्य बाहिरी ग्रहमा प्राणीहरु भएको अनुमान लगाउन सकिन्छ ।
"Look at that thing!"
Pentagon declassifies three previously leaked top secret U.S. Navy videos of "unexplained aerial phenomena"—and that some believe could show UFOs. https://t.co/YTuvaPHykM pic.twitter.com/YaKImrnl5M
— ABC News (@ABC) April 27, 2020
रक्षा विभागले एक बयानमा डिओडी यो भिडियो फुटेज सर्कुलरमा भएको कुरा सत्य हो वा होइन भन्ने भ्रम चिर्नको लागि सार्वजनिक गरेको बताएको छ । यो भिडियोहरु अमेरिकी नेभी पाइलट्सले क्यामरामा कैद गरेका थिए ।
विभागका अनुसार गहन समिक्षा पछि मात्र भिडियोको संवेदनशील जानकारी नबाहिरिने तरिकाले भिडियो सार्वजनिक गरिएको छ ।
यो भिडियोबाट अज्ञात हजाई वस्तुलाई सैन्य वायु क्षेत्रमा घुसपेठको अनुसन्धानमा असर नपर्ने बताइएको छ । यो भिडियोको सत्यता पेन्टागनले सन् २०१९ मा गरेको थियो ।
पाइलट्सले सन् २००४ मा ट्रेनिङको समयमा ४० फिट लामो अज्ञात वस्तु देखेका थिए । उक्त वस्तु पानी भन्दा ५० फिट माथि हिँडिरहेको थियो ।
त्यस्तै सन् २०१५ मा पनि त्यस्तै अज्ञात वस्तु देखिएको थियो । यी दुई भिडियोको बारेमा न्युयोर्क टाइम्सले सन् २०१७ मा खबर छापेको थियो ।
Pentagon formally releases 3 Navy videos showing "unidentified aerial phenomena" https://t.co/DNtaSBpV0q pic.twitter.com/m2l1D7a1jo
— CBS News (@CBSNews) April 27, 2020
भिडियोमा एक लामो वस्तु आकाश तिर गईरहेको देखिन्छ ।भिडियोमा एक पाइलट पनि बोलिरहेको सुन्न सकिन्छ । पाइलट त्यसलाई हेर, यो घुमिरहेको छ भनिरहेको सुन्न सकिन्छ ।
एक भिडियो सन् २०१८ मा एक निजी विज्ञान संगठन टू द स्टार्स एकेडेमी ले जारी गरेको हो । यो संगठनले अज्ञात हवाई वस्तुहरुको लगातार अध्ययन गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया