बेहुला खोज्न प्रशासनमा दबाब

काठमाडौँ, २७ माघ — घरमा कामको चटारो थियो। बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो। अघिल्लो दिन अकस्मात् बेहुला हराए। खोजी गर्दा कतै भेटिएनन्। बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे। खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्योअहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरूले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउगरेका छन्सोमबार विवाहको लगन जुराइएको थियो। गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लोबेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए। तर, मध्यरातदेखि उनीबेपत्ता भए। घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको। दुवै परिवारले सबै तयारीपूरा गरिसकेका थिए। बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन्‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, पछि सुत्न गयौं। बिहानहेर्दा भाइ कोठामा थिएन,’ दाजु गणेशले भने, ‘कतै निस्केका होलान्, आइहाल्लान् भनेर सबैतयारी गर्‍यौं। जन्ती आउने क्रम सुरु भयो। भाइ आएनन्।’ त्यसपछि सबै आत्तिए। अहिलेसम्मउनको कुनै खबर नपाउँदा परिवारका सदस्य चिन्तित छन्९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए, बालकृष्ण। गत मंसिरमा घर आएका थिए। आफन्तकाअनुसार उनकै राजीखुसीले विवाहको टुंगो लागेको थियो। परिवारले इलाका प्रहरी कार्यालयगैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन्। प्रहरीलेहराएदेखि नै बालकृष्णको मोबाइलको ‘स्विच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएको जनाएको छ, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?