११ चैत्र २०७९, शनिवार

अर्चना पनेरु र उनकी आमा सुनीता पनेरु प्रहरीद्वारा पक्राउ

२०७४,आश्विन,३,मंगलवार ०८:३०

0
Shares

काठमाण्डौं, ३ असोज ।पोर्न स्टार बन्छु भनेर एकताका चर्चामा आएकि अर्चना पनेरुलाई महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कले पक्राउ गरेको छ । अर्चना संगै उनकी आमा सुनिता पनेरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अर्चना र उनकि आमा काम गर्ने बसपार्क स्थित मुन वाल्कर डान्सवारमा ग्राहक र सञ्चालक विच विवाद भएपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिने प्रयास गरेको थियो । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अर्चनाका आमाछोरीले हो हल्ला गरि प्रहरीलाई हातपात सम्म गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पनि नियन्त्रणमा लिएको हो ।उनीहरुलाई सार्वजनिक मुद्दा चलाउने तयारी भैरहेको प्रहरी श्रोतले जनाएको छ । तर आज सरकारले सार्वजनिक विदा दिएका कारण उनीहरुलाई हिरासतमै राखिएको छ ।पोर्न स्टार बन्छु भनेर चर्चामा आएकि अर्चनाले २ ओटा नेपाली चलचित्रमा काम गरेकि छन । चलचित्र क्षेत्रमा जम्न नसके पछि आमा सुनिता पनेरुसँग मिलेर उनी केही महिना देखि बसपार्क स्थित मुनवाल्कर डान्सवारमा काम गर्न थालेकि थिईन ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०८:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित विमान अपहरणविरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११