हृदयघातका कारण युएईमा एक नेपालीको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी,३ मोरङ ५२ वर्षीय दीपक पराजुली रहेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा उनी ९ वर्ष अघि युएई गएका थिए ।

ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको स्रोतले जनाएको छ ।

सामान्य ज्वरोको कारण औषधि सेवन गरिरहेका उनी एक्कासी कोठामा ढलेका थिए । उपचारको लागि नजिकैको एनएमसी रोयल अस्पताल पुर्याउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृतक पराजुलीका श्रीमती र २ छोरा रहेका छन्। भने उनका २ छोरासमेत वैदेशिक रोजगारमा रहेको जनाइएको छ ।

साथै उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?