प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै पौने घन्टा एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ । पछिल्लो समय राजनीतिक वृत्तमा देखिएको मनमुटावका बेला ओली र नेपालको भेटघाट लाई महत्वपुर्ण मानिएको छ ।

गत बैशाख ८ गते सोमवार ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएका थिए । जसका कारण चौतर्फी रुपमा र पार्टी भित्रबाटै ओलीको विरोध भएको थियो ।

दुई नेताहरुबीच खास के कुरा भयो भन्ने नखुलाइए पनि उक्त भेटघाटलाई राजनीतिक वृत्तमा महत्वपुर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?