इटालियन सिरी ए क्लबको प्रशिक्षण मेबाट हुने

काठमाडौं । आगामी मे महिनाको पहिलो साताबाट इटालियन सिरी ए क्लबले प्रशिक्षण गर्न पाउने भएका छन् । इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले एक टेलिभिजनमा बोल्दै सिरी ए क्लबले मेबाट प्रशिक्षण गर्न पाउने बताएका छन् ।

प्रधानमन्त्री कोन्टेले कोरोना भाईरसको कारण जारी रहेको लकडाउन हटाउने पहिलो कदमको रुपमा क्लबको प्रशिक्षण खुल्ला गरिने बताएका हुन् । प्रधानमन्त्री कोन्टेले मे ४ बाट खेलाडीको व्यक्तिगत प्रशिक्षण र मे १८ बाट टिम प्रशिक्षण गर्न पाउने बताएका छन् । त्यसपछि कोरोनाको महामारीको मुल्यांकन गरेर लिग सुचारु गरिने समेत बताए ।

कोरोनाको कारण सिरी ए फुटबल अनिश्चितकालका लागि स्थगित गरिएको छ । तर, सिरी ए फुटबल मे २७ बाट २ जुन भित्र सक्ने तयारी गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?