बालुवाका विषयमा विवाद हुँदा तालाबन्दी

बनेपा, २६ माघ – काभ्रेपलाञ्चोककको पाँचखाल नगरपालिकामा बालुवाको विषयलाई लिएर विवाद देखिएको छ विवादले उग्ररुप लिँदा नगरपालिका वडा नं १३ का केही बासिन्दाले आज नगरपालिकाको कार्यालयमा गरेको तालाबन्दी स्थानीय प्रहरी तथा प्रशासनको सहयोगमा तोडिएको छ । स्थानीयवासीले वडा नं १३ स्थित बरबोट, सेराबेंसी, तिमालबेंसीलगायत स्थानबाट अवैध रुपमा बालुवा चोरी भएको र त्यसलाई रोक्न नगरपालिकाले वास्ता नगरेको आरोप लगाएका छन् । नगरपालिकाका प्रमुख महेश खरेलले बालुवा तस्करले गुण्डागर्दीको शैलीमा तालाबन्दी गरेको आरोप लगाउनुभयो स्थानीयवासी प्रकाश ब्लोनले लामो समयदेखि बालुवा चोरी भइरहेको र त्यसबारे नगर प्रमुख र वडाध्यक्षलाई जानकारी गराउँदा कुनै वास्ता नगरेका कारण तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । नगरप्रमुख खरेलले भने तत्कालका लागि बालुवाको काम रोकिएको उल्लेख गर्दै भूकम्पपीडितले पनि बालुवा पाइरहेका छन् भन्नुभयो । उहाँले बालुवा चोरीको विषयमा स्थानीय प्रशासनमा उजुरी दिइएको तर त्यसको कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । स्थानीयवासीले चारबुँदे मागसहित तालाबन्दी गरेको बताएका छन् भने नगरप्रमुख खरेलले कुनै जानकारी र चेतावनी नदिई तालाबन्दी गरिएकामा आपत्ति जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?