१६ वर्षअघि हत्या गरेर फरार युवालाई नेपाल ल्याइयो

काठमाडौँ, २६ माघ – एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ नियन्त्रित लागुऔषधसहित युवक पक्राउयसैगरी काभ्रे पनौती नगरपालिका–८ का सुजन हुमागाईंलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हुमागार्इंलाई कालीमाटीबाट बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनको साथबाट बुप्रेनोर्फिन ३५ एम्पुल, डाइजेपाम ३८ एम्पुल र फेनारगन ३६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?