काठमाडौँ, २६ माघ – संसाक(संस्कृति, साहित्य र कला) मासिकलगायत विभिन्न संघसंस्थाले साहित्यकार डा सत्यराज थपलियालाई आज सम्मान गरेका छन् साहित्य खेलकुद समाज नेपाल, निष्पक्ष मिडिया प्रालि, ‘गौरी’ पत्रिका रिलेशन एण्ड पब्लिकेशन र गोँगबु साहित्य समाजले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका डा थपलियालाई सम्मान गरेका हुन् । कार्यक्रममा डा थपलियाको संवादकाव्य ‘रमा–सत्य संवाद’ तथा ‘संसाक सत्यराज विशेष अंक’को लोकार्पण गरिनाका साथै डा थपलियालाई रु दुई हजार ५०० र सम्मानपत्र दिइएको संसाकका प्रकाशक तथा सम्पादक उमेश पाण्डेले जानकारी दिनुभयो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा थपलियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै जीवनको उत्तराद्र्धमा पनि सक्रियताका साथ सिर्जना लेख्नुभएका डा थपलियाबाट पाठ सिक्न नयाँ पुस्तालाई आग्रह गर्नुभयो विसं २००४ वैशाखमा नुवाकोटको लिखुमा जन्मनुभएका डा थपलियाका एक दर्जनभन्दा बढी कृति प्रकाशन भएको र झण्डै आधा दर्जन कृति प्रकाशोन्मुख छन् । उहाँले एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया