प्रदेश नं २ का दलित महिला पछाडि

लहान, २६ माघ – मुलुकका सातै प्रदेशमध्ये प्रदेश नं २ का महिला र दलित महिला पछाडि परेको एक कार्यक्रमका वक्ताले आज बताएका छन् महिलावादी मञ्चको आयोजनामा आज यहाँ भएको ‘महिलाको स्थानीय तहको हक र अधिकार’ विषयको कार्यक्रममासांसद लीलानाथ श्रेष्ठले पछाडि परेका महिलाको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सरकारी निकायमा आरक्षण हुनुपर्नेमा जोड दिनुभयो कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य अशोक यादव र नरेश यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीलगायतले संविधानले महिलाको स्थानीय तहमा ४० प्रतिशत र र केन्द्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पछाडि परेको बताउनुभयो कार्यक्रममा प्रदेश नं २ का नगर उपप्रमुख, गाउँपालिका उपप्रमुख, महिला सदस्यलगायत २०० महिलाको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?