इन्सपेक्टरदेखि डिआईजीसम्म पहुँच भएको भन्नेले यसरी गरे दुई युवतीलाई बलात्कार

काठमाडौं– एक साताको बीचमा काठमाडौं र इटहरीमा प्रहरीकै मिलेमतोमा बलात्कारका दुई घटना गुपचुप पारिएको खबर अझैं सेलाइ नसकेको अवस्थामा राजधानीमा फेरि अर्को अनौठो प्रकृतिको बलात्कार घटना सार्वजनिक भएको छ । प्रहरीले बलात्कार अभियोगमा नुवाकोटको समुन्द्रदेवी ५ का ४५ वर्षीय राजेन्द्र आचार्यलाई पक्राउ गरेको छ । अमेरिकी दूताबासमा ड्राइभरको रुपमा कार्यरत उनलाई महानगरीय प्रहरी प्रभाग बसपार्कको टोलीले पक्राउ गरेको हो । प्रहरीले आफू प्रहरी भएको भन्दै दुई युवतीलाई बसपार्कको होटलमा लगेर बलात्कार गरेको अभियोगमा आचार्यलाई पक्राउ गरेको हो पीडित २ युवतीले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलको निर्देशनमा प्रहरी हवल्दार गोपाल चौलागाई नेतृत्वको टोलीले आचार्यलाई पक्राउ गरेको हो एसपीदेखि डिआईसम्म कनेक्सनको धाक, युवतीमाथि कर्तुतआरोपी आचार्यको बलात्कारको शैली नै अनौठो खालको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।खाइलाग्दो देखिने उनी अमेरिकी दूताबासको जागिरमा भन्दा पनि २२० सीसीको पल्सर वाइकमा देखिन्थे । उनको रवाफ यस्तो हुन्थ्यो कि ‘प्रहरीका हाकिमहरु आफ्ना मान्छे’ भएको भन्दै तडक भडक गर्ने गर्थे । प्रहरीका इन्सपेक्टरदेखि डिआईजीसम्म आफ्नो मान्छे भएको भन्दै पटक पटक फोन लगाएर रवाफ देखाउने उनको अड्डा थियो– बालाजुको माछापोखरी आसपासका क्षेत्र त्यहाँका केटाकेटीदेखि युवायुवतीसम्म राम्रो सम्बन्ध बनाएका उनी कहाँ जान्थे र के गर्थे भन्ने चाहिँ कसैलाई पत्तो दिँदैनथे । बिहानको समय अक्सर माछापोखरी क्षेत्रका चिया पसलमा भेटिने उनले बालबालिकाका आमाबाबुको काम र अवस्थाका बारेमा समेत सोधखोज गर्ने गर्थे एआइजी, डिआइजी र डिएसपीसँग पहुच भएको भन्दै आफूलाई हाइप्रोफाइलको दर्जामा उभ्याउनेमाथि स्थानीयले सोधखोज पनि त्यति गरेनन् । अनी दिनभर कहाँ जान्थे र राती कुनसमयमा आउथेँ खासै कसैलाई जानकारी थिएन । तरपनि उनको रहस्यमय जीवनशैली र रवाफबारे सबै चकित भने थिए । उनको रवाफ र फुर्तिफार्ती युवतीलाई प्रभावमा पार्नका लागि देखिएको प्रहरी अनुन्धानबाट खुलेको छ प्रहरीका अनुसार उनीमाथि रामेछाप घर भएकी मगर थरकी युवती र बटवल घर भएकी अर्की एक युवतीमाथि बलात्कार गरेको अभियोग छ । उनले युवतीलाई सुरुमा प्रभावमा पर्ने र पछि बसपार्कको होटलमा लगेर बलात्कार गरी बाहिर हल्ला गरेर ‘सिध्याइदिने’सम्मको धम्की दिने गरेको बताइएको छ कफी खुवाउने भन्दै बलात्कारएक साँझ सामाखुसीस्थित सब्जिमण्डीमा तरकारी किनेर घर फर्किँदै गरेकी बलात्कृत भनिएकी युवतीसँग आचार्यको भेट हुन्छ । मोटरसाइकलमा रहेका आचार्यले उनलाई घर छोडिदिने भनि मोटरसाइकलमा राख्छन् युवती घर पुग्दासम्म उनी यतिसम्म प्रभावमा पार्न सफल हुन्छन् कि सानो बच्चा समेत रहेकी युवती बच्चा केही समय छिमेकी कोठामा बस्ने व्यक्तिलाई जिम्मा लगाएर कफी खानका लागि भन्दै जान तयार हुन्छिन् कफी सँगै पिउने भनेर बाहिर लगिएको ति युवतीलाई आचार्यले बसपार्कको होटलमा लैजान्छन् र धम्क्याउदै चुपचाप होटलको कोठमा जान भन्छन् आफू पुलिस भएको हवला दिँदै उनले बलात्कार गरेको र हल्ला गरे वेइजत गरिदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ फेरि उस्तै प्रकृतिको बलात्कार, तर यसरी परे फन्दामाकाखे बच्चा समेत भएकी युवतीलाई बलात्कार गरेका उनले काठमाडौको महाराजगञ्जस्थित चप्पल कारखाना नजिक बस्ने अर्को युवतीलाई पनि सोहि शैली अपनाउँदै उनले बलात्कार गरेको प्रहरीले जनाएको छ पहिले बलात्कृत युवतीले काखे बच्चा भएको तथा घटना बाहिरिए घरबार बिग्रने डरले घटना बाहिर नल्याएपनि बलात्कृत अर्की युवतीले भने आफ्नो मिल्ने केटा साथीलाई घटनाको बेलीविस्तार लगाएपछि उनकै सहयोगमा यसको सूचना महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कसम्म पुगेको थियो दुबै युवतीमाथि बलात्कार बसपार्ककै होटलमा भएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले चासो देखाएको थियो । बलात्कृत दोस्री युवतीको उजुरीपछि प्रहरी टोलीले आचार्यलाई प्रक्राउ गरेपछि पहिले पनि अर्की युवतीलाई बलात्कार गरेको खुलेको हो । अहिले ती दुबै युवतीले महानगरीय प्रहरी बृत्त महाराजगन्जमा जबरजस्ती करणीको उजुरी दिएका छन् महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले आचार्यविरुद्ध जबरजस्ती करणीको उजुरी परेको भन्दै उनलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासत अनुसन्धान भइरहेको बताए । पौडेलले उनले भने पछिल्लो समय नक्कली प्रहरीको नाममा यसरी बलात्कारसम्म जघन्य अपराधको घटना सार्वजनिक हुनुले सुरक्षा चुनौती अझै थपिएको छ आचार्यको कर्तुत खुलेपछि टोलका चकितआफू हाइप्रोफाइलको भएको भन्दै रवाफ देखाउने उनी पक्राउ परेको खबर पाएसँगै उनी बस्दै आएका माछापोखरी क्षेत्रका स्थानीय समेत चकित परेका छन् । उनी पक्राउ परेको खबरसँगै प्रभाग आइपुगेका स्थानीयले ‘ठूला व्यक्तिसँगको हिमचिमको हवला दिँदै हाम्रा ससाना छोराछोरीबाट यसले पटकपटक हाम्रो आन्तरिकत्व बुझिरहेको हुन्थ्यो यसको असली रुप त यस्तो पो रहेछ’ भन्दै आक्रोश पोखेका थिए । उनलाई प्रहरीले माघ २१ गते माछापोखरी क्षेत्रबाट पक्राउ गरेको हो कमजोरी पहिल्याउने अनि प्रहरी भन्दै बार्गेनिङमहानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले दुई युवतीमाथि आचार्यले जबरजस्तीकरण गरेको खुल्न आएको भन्दै अरु पनि यस्ता पीडित हुन सक्ने भएकाले अनुसन्धान भइरहेको बताए । पहिला युवतीको कमजोरी पहिचान गर्ने तर उसलाई पछ्याउने र प्रहरी हुँ भन्दै बलात्कार गर्ने आचार्यको शैली देखिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?