प्रदेश १ मा ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण

काठमाडौं । प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

आरडीटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण देखा परेको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल १ हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ३ सय ८ महिला र १ हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ७ सय ६० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला १ हजार २ र पुरुष ४ हजार ७ सय ५८ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?