जीवन बदल्ने हो ? अपनाउनुस् यी बानी

सबैको चाहना हुन्छ, जीवन आफूले चाहेजस्तै होओस् । आफूले चाहेको गतिमा हिँडोस् । जीवन सुखी होओस् । रमाईलो गरी बितोस् ।
ग्रिसका प्रतिष्ठित दार्शनिक एरिस्टोटलले भनेका छन्, हामी त्यही हौँ, जे हामी बारम्बार गर्छौ । उत्कृष्ट कुनै कार्यबाट हुने होइन, बानीबाट हुने हो । राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बनाउँछ । यस्ता छन् जीवन बदल्ने सात बानी :

१. सकारात्मक सोंचको विकास : सकारात्मक सोच्ने बानीले जीवनका अन्य राम्रा विषयमा ध्यान दिन सघाउँछ । सकारात्मक सोंच्दैमा छिटै सफलता प्राप्ति हुने पक्कै होइन, तर यसले लामो समयसम्म केही राम्रा काम गर्न हौसला दिइरहन्छ ।

२. शारीरिक व्यायाम : व्यायाम गर्दा स्वस्थ्य भइन्छ भनेर हामीले सुन्दै आएका छौँ । तर,यसले जीवन कसरी परिर्वतन गर्छ भन्नेबारे कमैलाई थाहा होला । व्यायाम गर्दा व्यक्तिमा आत्मविश्वास बढ्छ, तनाव व्यवस्थापन हुन्छ र रचनात्मक क्षमताको वृद्धि हुन्छ ।

३. एकपटकमा एउटा काम : धेरैजसो व्यक्तिको एकै समयमा धेरै काम सक्नुपर्ने बानी हुन्छ । जसलाई मल्टिटास्डि.पनि भनिन्छ । एकपछि अर्को काम गर्दा अपर्झट आइलाग्ने कामले फोकस आउट हुन सक्छ । यसले तनाव पनि बढाउँछ । त्यसकारण एकपटकमा एउटा मात्र काम हातमा लिनु राम्रो हुन्छ ।

४.एउटा उद्धेश्यमा ध्यान : एउटा निश्चित उद्धेश्य बनाएर त्यसको प्राप्तिका लाग्नु प्रभावकारी हुन्छ । यो देख्दा गाह्रो छ,तर कुनै पनि ठुला उद्धेश्य हासिल गर्न यो बलियो माध्यम हुन सक्छ । एकपटकमा धेरै उद्धेश्य बनाउन थालियो भने हामीभित्रको ऊर्जा र समय अनावश्यक रुपमा खेर जान्छन् ।

५.कम आवश्यकलाई कमै प्राथमिकता : हामीले अनावश्यक कुरामा समय खेर फालेको पत्तै पाउँदैनौँ । जीवनमा त्यही कुरा महत्वपुर्ण हुन्छ, जसलाई हामी एकदमै माया गर्छौ । ती कुरा के हुन सक्छन्, समयमै छुट्याउन सक्नुपर्छ र त्यहीअनुसार प्राथमिकता दिनुपर्छ । यस्तो बानीको विकास गर्दा धेरै महत्व राख्ने चिजले राम्रो समय पाउँछ र हामीले चाहेको जीवन बाँच्न सक्छौँ ।

६. दयाभाव : कसैप्रति दयालु हुनु पनि एक किसिमको बानी नै हो । एक महिनासम्म तपाई कति दयालु हुनुभयो,याद गर्ने बानी बसाल्नुस्,दिनदिनै राम्रो महसुस गर्न थाल्नुहुनेछ । दयालु कसरी हुने त ? यसलाई आफ्नो लक्ष्य बनाउनुस् र आज तपाई कुन कुरामा दयालु बन्नुहुन्छ,त्यो पत्ता लगाउनुहोस् । अर्को व्यक्तिसँग अन्तरक्रिया गर्दा दयालु रुपमा प्रस्तुत हुनुहोस् । स साना क्रियाकलापबाट दुःखीलाई सहयोग गर्दै जानुहोस् ।

७. दैनिकी : काम गर्दा होस् या साधारण दिन,दैनिकी बनाउनुहोस् र त्यसको अनुसरण गर्नुहोस् । आफ्नो सुत्ने,उठ्ने,काम गर्ने र काम सक्ने समयबारे दैनिकीमा समावेश गर्न सकिन्छ ।

८. सकारात्मक सोँच : जीवनको सबैभन्दा ठूलो कुरा भनेको आत्मसम्मान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?