पेन्टर समुदायलाई सहजता दिलाउने बर्जर पेन्ट्सको यस्तो प्रयास

काठमाडौं । विश्व परिदृश्यमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले अत्याधिक संख्यामा हताहत भएको छ । विश्व मानव समुदायले अहिले सामना गरेको यो शताब्दीकै सबैभन्दा ठूलो चुनौती हो । सरकारद्वारा नोबल कोभिड–१९ को सँक्रमण फैलिन नदिन जारी गरिएको देशव्यापी लकडाउनको कारण धेरै आप्रवासी र दैनिक ज्यालादारी कामदारहरुलाई जीवनयापन गर्न ठूलो आर्थिक कठिनाई व्यहोर्न बाध्य पारेको छ । धेरैजसो व्यवसायहरु अचानक बन्द भएपछि आवश्यक आर्थिक र अन्य सो्रतको अभावले गर्दा कमजोर समूदायमा ठूलो समस्या निम्त्याएको छ ।

बर्जर पेन्ट्स नेपालले कम्पनीको “सम्बन्ध” योजनामा आबद्ध पेन्ट ठेकेदारहरु र पेन्टरहरुमा पर्न गएको आर्थिक दवाबको असरलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ सहयोगी हात बढाएको छ । बर्जर नेपालले प्रोत्साहन स्वरुप योजनामा उल्लेखित जिन्सी पुरस्कारको सट्टामा आबद्ध पेन्टरहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिएर सहायताको पहल शुरु गरेको छ । यसप्रकारको तत्काल वित्तीय सहायताले पेन्टर समाजलाई अहिले आइपरेको कठिन घडीमा उनीहरुको घरायसी खर्चहरुको आर्थिक व्यवस्थापन गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

बर्जर पेन्ट्स नेपालले यो पहल अन्तर्गत १२०० भन्दा बढी पेन्टरहरुलाई रकम प्रदान गर्ने लक्ष्य लिएकोे छ । पहिलो चरणमा हालसम्म ३०० भन्दा बढी पेन्टरहरु लाभान्वीत भैसकेका छन र उनीहरुको बंैक खातामा ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ ।

यो बर्जर पेन्ट्ससँग आबद्ध असँगठित क्षेत्रमा काम गर्ने मानिसहरु प्रति कम्पनीद्वारा प्रदर्शित मानवता र असाधारण सहायताको एक उदाहरण हो ।

यस पहलको बारेमा कुराकानी गर्दै बर्जर पेन्ट्स नेपालका कन्ट्री मैनेजर श्री सैवाल घोषले भने, “पेन्टिङ्ग ठेकेदारहरु सदैव बर्जर पेन्ट्स परिवारको एक अभिन्न अंग रहँदै आएका छन् र यस्तो विपत्तिको समयमा हामीले एक अर्कालाई सहयोग गर्नु जरुरी छ । हामी हाम्रा पेन्टर समाजमा अहिलेको सँकटग्रस्त समयमा आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने तथा यो समुदायलाई अधिक सहजता दिलाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?