काठमाडौं । प्राय मानिस सुत्नका लागि मरिहत्ते गर्छन् । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेकाे समेत पाइन्छ ।
९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनीले भारतीय सञ्चारमाध्यामलाई बताएको छ । एक अनलाइन फर्म वेकफिटले सय दिन सम्म प्रत्येक रात सुत्ने मानिसलाई १ लाख दिने घोषणा गरेको हो ।
अनलाइन स्लीप सोलुन फर्मले आफ्नो यो कार्यक्रमलाई वेकफिट स्लीप इन्टर्नशीप नाम दिएको छ । सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्छ ।
सुत्नुभन्दा अगाडि कम्पनीले स्लीप ट्रेकरको प्रयोग गर्छ । यो स्लीप ट्रेकर सुत्नेवाला मानिसको बिस्तारामा सुत्नु अगाडि राखिन्छ ।
यसले मानिसको सुति सकेपछिका गतिविधहरु रेकर्ड गर्छ । कम्पनिले सुत्नेवाला मानिसले पैसाका साथमा लीप ट्रेकर पनि पाउने सञ्चारमाध्यामले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया