झापामा ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण, नेपालमा ४९ जना पुगे संक्रमित

काठमाडौं- कोरोना भाइरस ‘कोभिड -१९’ को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा ६२ वर्षीय बृद्धमा कोरोना पोजेटिभ देखिएको हो ।

उनको अवस्था सामान्य रहेको छ ।

यसअघि प्रकाशित समाचार पढ्नुभएको थियो ?
नेपालमा कोरोना भाइरस अपडेट : ४७ हजार ४ सय ९६ वटा परीक्षण, ८९ जना आईसोलेसनमा ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?