१४ मङ्सिर २०८०, बिहीवार

यसरी मनाइयो तेश्रो संविधान दिवस

२०७४,आश्विन,३,मंगलवार ०६:३८

0
Shares

काठमाण्डौं, ३ असोज ।सरकारले शान्तिका प्रतिक परेवा जोडी उडाएर तेश्रो संविधान दिवस मनाएको छ ।प्रधानमन्त्री शेर बहादुर देउवा अध्यक्ष रहेको मूल समारोह समितिले मंगलबार सैनिक मञ्चमा गरेको कार्यक्रममा शान्तिका प्रतिक परेवा जोडी उडाएर संविधान दिवस मनाईएको हो । सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, कामु प्रधानन्यायाधीश दिपक राज जोशी र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शान्तिका प्रतिक परेवा जोडी उडाए ।कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७४ लेखिएको नेपालको झण्डा प्रदर्शन गर्नुको साथै पुष्पवृष्टि सहित बेलुन उठाइएको थियो । त्यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीले कवाज र अन्य खेल कौशल प्रदर्शन गरेका थिए । संविधान दिवसको मुख्य कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी देखाईएको थियो ।संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय सरकारी निर्णय अनुसार मंगलबार सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०६:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१