गोविन्द केसीले बुझे प्रधानन्यायाधीशका प्रमाणपत्र

काठमाडौं, २६ माघ – प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन्केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो सर्वोच्च अदालत पुगेका थिए। केसीले सर्वोच्चको १५ नम्बर मुद्दा फाँटबाट प्रधानन्यायाधीश पराजुलीको एसएलसीको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय र न्यायपरिषद्ले पठाएका पत्रलगायत सक्कलबमोजिम नक्कल प्राप्त गरेका हुन्‘सबै कागजातको नक्कल सर्वोच्च अदालतबाट प्राप्त गरेका छौं। अध्ययन हुन बाँकी छ’, डा.केसीका कानुन व्यवसायी रहेका अधिवक्ता अर्यालले भनेन्यायालयको जनआस्थामाथि गम्भीर खलल पु¥याएको अभियोगमा सर्वोच्च अदालतले गत पुस २४ गते केसीलाई पक्राउ आदेश जारी गर्दै बयानसमेत लिएको थियो। स्रोतका अनुसार प्रधानन्यायाधीश पराजुलीले वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठबाट २०२९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको छापसहितको प्रमाणपत्र छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?