६ आश्विन २०७८, बुधबार

मिलनले मुख खोलिन्, डिभोर्सको कारण प्रेमसम्बन्ध होईन

२०७४,आश्विन,३,मंगलवार ०५:५६


काठमाडौं,३ असोज । पछिल्लो समय गायिका मिलन अमात्यको डिभोर्सले संगीत बजार तताएको छ । यसअघि पनि उनी गायक दीपक लिम्बुसँगको प्रेमको कारणले चर्चामा थिईन । सोमवार पति मेन्सन आमात्यसँग जिल्ला अदालत काठमाण्डौंमा सम्बन्धविच्छेद गरेपछि मिलन फेरी चर्चामा आएकि हुन । करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेको विषयले सोमवार मिडिया र सामाजिक संजालमा निकै हल्लिखल्ली मच्चियो । गायक दिपक लिम्बुसंगको प्रेमसम्बन्धका सम्बन्धविच्छेद गरेको भन्ने टिका टिप्पणि हुन थालेपछि मिलनले सामाजिक सञ्जाल मार्फत मुख खोलेकि हुन । मिडिया र सामाजिक सञ्जालमा भएका आफ्ना अनेक टिकाटिप्णीको विषयमा गायिका मिलनले पनि मुख खोलेकी छन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै आफ्नो विषयमा भइरहेको बिभिन्न टिकाटिप्पणी जायज नभएको बताएकी छिन । उनले अनावश्यक टिकाटिप्पणी गर्ने विरुद्ध कानुनी उपचार खोज्ने पनि उल्लेख गरेकि छन ।

उनले लेखेकी छिन्, ‘सम्पूर्ण शुभ चिन्तक, आफन्त मित्र अनि सञ्चारकर्मी मित्रहरु १ । अहिले मेरो बारेमा विभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रति मेरो ध्यानाकर्षण भएको छ । म विशुद्ध नेपाली संगीतको साधना र पूजा गर्ने तपाईंहरुको प्रिय गायिका हुन हरदम प्रयासरत संगीत साधक हुँ । अहिलेको मेरो पारिवारिक र व्यक्तिगत कुराहरुको बारेमा मिडियामा प्रचार गर्न चाहन्न । मेरो व्यक्तिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होइन । म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जीवन छ, परिवार छ अनि मेरो पनि मन छ र दुःख, पर्दा म पनि रुन्छु । अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न, नगराउन मेरो हार्दिक अनुरोध ’

मिलनले स्टाटसमा दीपक लिम्बुसँगको प्रेमको कुरो झुट रहेको बताउदै डिभोर्सको समाचारमा भने सत्यता रहेको खुलाएकी छन ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उनको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार

काठमाडौं । अभिनेत्री भूमी पेडनेकर पछिल्लो समय जलवायु संरक्षणको लागि आवाज उठाइरहेकी छिन् । उनले सामाजिक मञ्चहरुमा जलवायु संरक्षणको लगातार

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको

काठमाडौं । अभिनेत्री सारा अली खान बलिउड फिल्म उद्योगमा एक चर्चित नाम हो। उनी एकपछि अर्को गर्दै धेरै फिल्महरु गरिरहेकी

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११
कागबेनीमा श्रद्धालुको भिड
 २०७८,आश्विन,६,बुधबार ०८:०६
पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
 २०७८,आश्विन,६,बुधबार ०७:५५