‘सहकारीमा कालो धन छैन’

काठमाडौँ, २५ माघ – राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद र हतियारधारीको पैसा नभएको जिकिर गर्नुभयो । “सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोवार हुने गरेको छ”, नेकपा (एमाले) का नेतासमेत रहनुभएका अध्यक्ष बडालले भन्नुभयो कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी शुद्धीकरणबाट सशकित नभई थप व्यवस्थित हुन लाग्नुपर्ने बताउनुभयो । सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद ज्ञवालीलेसम्पत्ति शुद्धीकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभन्दा पनि व्यवस्थित रुपमा कारोवार गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले काठमाडौँका सहकारीमा तुलनात्मक रुपमा बढी विकृति देखिएको जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?