लकडाउनमा जनप्रतिनिधि: घर-घरमै तरकारी पुर्‍याउँदै यी वडा अध्यक्ष

सुर्खेत । वीरेन्द्रनगर १ का कृष्णप्रसाद तिमिल्सिनाले मंगलवार प्रतिकेजी ६० रूपैयाँमा काउली किने । उनलाई त्यो काउली किन्न लकडाउन उल्लंघन गरि घरबाहिर निस्कनुपर्ने बाध्यता थियो । किनकि काउली कसैले घरघरमै ल्याइदिदैनथ्यो । ”विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरले सरकारले घरबाहिर ननिस्किन भनेको छ ।” उनले भने, “हिजो तरकारी किन्न बाहिर निस्किएँ । तर ताजा तरकारी पाइएन ।”

तर बुधबार बिहानै वडा अध्यक्षले सस्तो मुल्यमा काउली घरअगाडी नै पुर्याइदिएपछि उनको खुसीको सिमा रहेन । उनी आश्चर्यजनक पनि भए । प्रतिकिलो ३० रूपैयाँमा काउली किनेपछि उनले भने, “यस्तो गरे पो जनप्रतिनिधि भए । जनताहरूले धेरै सुख पाए । पैसा पनि बचत भयो । ताजा तरकारी पनि पाइयो ।”

वीरेन्द्रनगर १ कि लिलावति खत्रीले पनि वडा कार्यालयले घरअगाडि नै पुर्याएको सुपथ मुल्यको ताजा तरकारी खरिद गर्न पाउँदा खुसिको सिमा नरहेको बताईन् । वीरेन्द्रनगर १ कै दिपा न्यौपानेले यस्तो विपद्को समयमा वडा कार्यालयले स्थानियबासीलाई ठूलो राहत दिएको बताइन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ कार्यालयले लकडाउन अबधिमा स्थानीय बासिन्दाहरूलाई ताजा तरकारी उपलब्ध गराउन शुरू गरेको छ ।

वडा अध्यक्ष गंगाराम सुनारले सक्रियतामा भाडामा गाडि लिएर जिल्ला प्रशासन कार्यालयबाट पास बनाइ घरघरमा तरकारी पुर्याइएको बताए ।

“मंगलवारसम्म खाद्यान्न वितरणमा व्यस्त भएकोले बुधबारदेखि वडाबासिलाई सुपथ मुल्यमा उपलब्ध गराउन शुरू गरेका हौँ ।” वडा अध्यक्ष सुनारले भने, “हामिले प्रतिकिलो ३० रूपैयाँमा खरिद गरि सोही रकममै वडाबासिहरूलाई बितरण गर्छौं ।”

उनका अनुसार बुधवार मात्रै ६ क्विन्टल बढि काउली वडाबासिलाई विक्रि गरिएको हो । बिहीवारदेखि आलु, बन्दा, टमाटर लगायतका विभिन्न तरकारीहरू ल्याएर वडामा सुपथ मुल्यमा बिक्री गरिनेछ । “प्रदेश सरकारले बाहिरबाट तरकारी आयात नगर्न निर्देशन दिएसंगै हामिले पनि स्थानीय ताजा उत्पादनलाई कृषकहरूसंग सम्पर्क गरि खरिद गर्छौं ।” उनले भने, “हामीले वडा नं १० मा खपत नभएको तरकारी त्यहाँ समन्वय गरेर वडाबासिको घरघरमै पुर्यायौं । स्थानीय धेरै खुसी हुनुहुन्छ ।”

व्यवसायी दिनेश खत्रीले वडा कार्यालयको प्रशंसनीय कार्यलाई वडा नं १ बजार व्यवस्थापन समिति, स्थानीय क्लबहरूसंग समन्वय गरिएको बताए ।

खत्रीले लकडाउनका कारण तरकारी विक्रि नभएका स्थानीय कृषकहरूसंग समन्वय गरि खरिद मुल्यमा नै जनताहरूलाई उपलब्ध गराएको बताए । उनले यस्तो अवस्थामा किसानहरूलाई पनि राहत पुग्ने बताए ।

स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर गौतमले आफुहरूले वडाबासिहरूको राहतको लागि स्यमसेवाको रूपमा तरकारी खरिद गरि सुपथ मुल्यमा वितरण गर्न वडालाई सहयोग गरिरहेको बताए । ुएक दिनअघि मैले काउली ८० रूपैयाँ प्रतिकिलो खरिद गरेर लगेको थिएँ । त्यो तरकारी ताजा पनि थिएन । अहिले वडाबासिले ताजा तरकारी ३० रूपैयाँ प्रतिकिलो वितरण गरेको छ ।ु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?