२१ मङ्सिर २०८०, बिहीवार

मिलनले मुख खोलिन्, डिभोर्सको कारण प्रेमसम्बन्ध होईन

२०७४,आश्विन,३,मंगलवार ०५:५३

9
Shares

काठमाडौं,३ असोज ।पछिल्लो समय गायिका मिलन अमात्यको डिभोर्सले संगीत बजार तताएको छ । यसअघि पनि उनी गायक दीपक लिम्बुसँगको प्रेमको कारणले चर्चामा थिईन । सोमवार पति मेन्सन आमात्यसँग जिल्ला अदालत काठमाण्डौंमा सम्बन्धविच्छेद गरेपछि मिलन फेरी चर्चामा आएकि हुन ।करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेको विषयले सोमवार मिडिया र सामाजिक संजालमा निकै हल्लिखल्ली मच्चियो ।गायक दिपक लिम्बुसंगको प्रेमसम्बन्धका सम्बन्धविच्छेद गरेको भन्ने टिका टिप्पणि हुन थालेपछि मिलनले सामाजिक सञ्जाल मार्फत मुख खोलेकि हुन ।मिडिया र सामाजिक सञ्जालमा भएका आफ्ना अनेक टिकाटिप्णीको विषयमा गायिका मिलनले पनि मुख खोलेकी छन । उनले आफ्नो सामाजिक सञ्जालफेसबुकमा एउटा लामो स्टाटस लेख्दै आफ्नो विषयमा भइरहेको बिभिन्न टिकाटिप्पणी जायज नभएको बताएकी छिन । उनले अनावश्यक टिकाटिप्पणी गर्ने विरुद्ध कानुनी उपचार खोज्ने पनि उल्लेख गरेकि छन ।उनले लेखेकी छिन्, ‘सम्पूर्ण शुभ चिन्तक, आफन्त मित्र अनि सञ्चारकर्मी मित्रहरु १ । अहिले मेरो बारेमा विभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रति मेरो ध्यानाकर्षण भएको छ ।म विशुद्ध नेपाली संगीतको साधना र पूजा गर्ने तपाईंहरुको प्रिय गायिका हुन हरदम प्रयासरत संगीत साधक हुँ । अहिलेको मेरो पारिवारिक र व्यक्तिगत कुराहरुको बारेमा मिडियामा प्रचार गर्न चाहन्न । मेरो व्यक्तिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होइन । म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जीवन छ, परिवार छ अनि मेरो पनि मन छ र दुःख, पर्दा म पनि रुन्छु ।अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न, नगराउन मेरो हार्दिक अनुरोध १’मिलनले स्टाटसमा दीपक लिम्बुसँगको प्रेमको कुरो झुट रहेको बताउदै डिभोर्सको समाचारमा भने सत्यता रहेको खुलाएकी छन ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५औं संस्करणका लागि चलचित्र दर्ता

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा

काठमाडौं । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६