कोरोना विरुद्ध लड्न बार्सिलोनाले आफ्नो रंगशालाको नाम बिक्री गर्दै

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नाउको नाम बिक्री गर्ने भएको छ । कोरोना भाईरसको महामारीविरुद्ध लड्न आवश्यक आर्थिक रकम जुटाउन बार्सिलोनाले प्रायोजकलाई क्याम्प नाउको अधिकार बिक्री गर्ने भएको हो ।

बार्सिलोनाको बोर्ड बैठकले मंगलबार क्याम्प नाउको नामको अधिकार बेच्ने निर्णय गरेको हो । सन् १९५७ मा उद्घाटन भएको बार्सिलोनाको रंगशाला क्याम्प नाउले चिनिदै आएको छ । त्यसबाहेक उक्त रंगशालामा अन्य स्पोन्सरको नाम रहेको छैन ।

तर, कोरोनाविरुद्ध लड्न सहयोग पुर्राउने उदेश्यले बार्सिलोनाले क्याम्प नाउको विभिन्न क्षेत्रको अधिकार बेच्ने निर्णय गरेको हो । अब इच्छुक कम्पनी र व्यक्तिहरुले क्याम्प नाउको विभिन्न क्षेत्रलाई आफ्नो नाम र कम्पनी नाममा नामकरण गर्न सक्ने छन् ।

त्यसबाट उठेको रकम बार्सिलोनाले बार्सिलोना फाउन्डेसनको माध्यमबाट कोरोनाविरुद्ध लड्न खर्च गरिने जनाएको छ । क्याम्प नाउ युरोपकै सर्वाधिक ठुलो रंगशाला हो । जसको दर्शक क्षमता ९९ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?