चित्रकला कार्यशालामा स्लोभानियाका चित्रकार

त्रिशूली (नुवाकोट), २५ माघ – चित्रकलामार्फत नुवाकोटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले सञ्चालित चारदिने चित्रकला कार्यशाला सम्पन्न भएको छ बसिबियाँलो संस्थाको आयोजनामा नेपाल र स्लोभानियाका कालाकार सहभागी अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा चित्र विदुर नपा–४, बट्टारमा प्रदर्शनी गरी समापन गरिएको हो । ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई कलाका माध्यमबाट विश्वमा फैलाउनका लागि यहाँ पहिलो पटक कार्यशालासहितको चित्रकला प्रदर्शनी गरिएको आयोजिक बसिबियाँलोका हरिकृष्ण श्रेष्ठले बताउनुभयो युरोपको सानो देश स्लोभानियामा चित्रकारिता गर्दै आएका विदुर–५ देवीघाटका वीरमान श्रेष्ठको नेतृत्वमा चार विदेशी कलाकार र १२ स्वदेशी कलाकार सहभागी कार्यशालामा ४३ चित्र सिर्जना भएको थियो प्रदर्शनीमा सर्वसाधारण र विद्यालयका विद्यार्थीको भीड लागेको थियो । विदेशी कलाकारले नुवाकोटका विभन्नि स्थान र संस्कृतिको अवलोकन गरी क्यानभासमा चित्र उतारेका थिए । कार्यशालामा स्लोभेनियाका जोजिका जोर्को, काजा लुकाक र बोजका लुकाक तथा नेपालका वीरमान श्रेष्ठ, एनबी गुरुङ, राजेश मानन्धर, लालकाजी लामा, केशवराज खनाल, भीम श्रेष्ठ, जनकैलाश श्रेष्ठ र स्थानीय चित्रकार शशि डंगोल, शैलेश शाही, र धर्म तिमिल्सेनालगायतको सहभागिता थियो विदेशी कलाकारसँग बसेर सिर्जना गर्न पाउनुले नेपाल र स्लोभानियाको चित्रकलाको माध्यमबाट सम्बन्ध बलियो भएको कलाकार डंगोलले बताउनुभयो । पटक पटक नुवाकोटको प्राकृतिक दृश्यलाई चित्रमा उतार्न आइसक्नुभएका पत्रकार तथा कलाकार खनालले कार्यशालाले नेपालको सिर्जनालाई स्लोभानियासम्म पु¥याएको बताउनुभयो प्रदर्शनीमा राखिएका चित्र आगामी फागुन १६ देखि २६ गतेसम्म हुने पाँचाँैं नुवाकोट महोत्सवमा प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपाली कलाकारले सिर्जना गरेका आठ चित्रलाई स्लोभानियामा पनि प्रदर्शनी गरिने स्लोभानियामा बस्दै आउनुभएका कलाकार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?