कहाँ राखिएको छ नेपालका कोरोना संक्रमितलाई ? दिए यस्तो सन्देश !

काठमाडौं – मंगलबार उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ९ जना संक्रमित पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ति संक्रमितमध्ये चारजना निको भएर घर फर्किएका छन्।

अहिले देशका विभिन्‍न अस्पतालमा २७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने मंगलबारका संक्रमितलाई अस्पताल लगिँदैछ ।

हालसम्म टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना गरि जम्मा ४ जना उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२७ जना संक्रमित मध्ये अहिले टेकु अस्पतालमा एकजना उपचाररत छन् ।

पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

बाग्लुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुई जना उपचाररत छन् ।

यसैबीच नेपालको दोस्रो कोरोना संक्रमित युवतिले आत्मअनुशासन, लकडाउनको पालना, क्वारेन्टाईनमा बस्न नहिच्किचाउँनु, र आईसोलेसन र उपचार गर्दा हिम्मतिलो बन्न सबैसँग आग्रह गरेकी छिन् । कोरोनाको संक्रमणपछि निको भएर घर फर्किँदा संक्रमितले भनेका छन्, “स्वअनुशासनमा बस्दा र बाहिरको व्यक्तिको सम्पर्कमा नआउनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले यस महामारीलाई खेलाँची नसम्झिऔँ।”

नाम नखुलाउने सर्तमा संक्रमणपछि निको भएर घरमा आराम गरिरहेका यूवकले भने, “यो चानचुने संक्रमण हुँदै होईन । हामीले अझै बुझिसकेका छैनौँ । तसर्थ तपाईहरु सरकारले भनेको नीतिनियम पालना गरेर घरमा नै बस्नुहोस् । पहिला ज्यान रहे आफ्नो स्वास्थ्य राम्रो भए बाँकी सबै कुराको लागि समय रहन्छ ।”

यो पनि पढ्नुहोस्

Update : उदयपुरका थप ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ४० पुग्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?