१४ मङ्सिर २०८०, बिहीवार

मिलनले मुख खोलिन्, डिभोर्सको कारण प्रेमसम्बन्ध होईन

२०७४,आश्विन,३,मंगलवार ०५:५३

0
Shares

काठमाडौं,३ असोज ।पछिल्लो समय गायिका मिलन अमात्यको डिभोर्सले संगीत बजार तताएको छ । यसअघि पनि उनी गायक दीपक लिम्बुसँगको प्रेमको कारणले चर्चामा थिईन । सोमवार पति मेन्सन आमात्यसँग जिल्ला अदालत काठमाण्डौंमा सम्बन्धविच्छेद गरेपछि मिलन फेरी चर्चामा आएकि हुन ।करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेको विषयले सोमवार मिडिया र सामाजिक संजालमा निकै हल्लिखल्ली मच्चियो ।गायक दिपक लिम्बुसंगको प्रेमसम्बन्धका सम्बन्धविच्छेद गरेको भन्ने टिका टिप्पणि हुन थालेपछि मिलनले सामाजिक सञ्जाल मार्फत मुख खोलेकि हुन ।मिडिया र सामाजिक सञ्जालमा भएका आफ्ना अनेक टिकाटिप्णीको विषयमा गायिका मिलनले पनि मुख खोलेकी छन । उनले आफ्नो सामाजिक सञ्जालफेसबुकमा एउटा लामो स्टाटस लेख्दै आफ्नो विषयमा भइरहेको बिभिन्न टिकाटिप्पणी जायज नभएको बताएकी छिन । उनले अनावश्यक टिकाटिप्पणी गर्ने विरुद्ध कानुनी उपचार खोज्ने पनि उल्लेख गरेकि छन ।

उनले लेखेकी छिन्, ‘सम्पूर्ण शुभ चिन्तक, आफन्त मित्र अनि सञ्चारकर्मी मित्रहरु १ । अहिले मेरो बारेमा विभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रति मेरो ध्यानाकर्षण भएको छ ।म विशुद्ध नेपाली संगीतको साधना र पूजा गर्ने तपाईंहरुको प्रिय गायिका हुन हरदम प्रयासरत संगीत साधक हुँ । अहिलेको मेरो पारिवारिक र व्यक्तिगत कुराहरुको बारेमा मिडियामा प्रचार गर्न चाहन्न । मेरो व्यक्तिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होइन । म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जीवन छ, परिवार छ अनि मेरो पनि मन छ र दुःख, पर्दा म पनि रुन्छु ।अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न, नगराउन मेरो हार्दिक अनुरोध ’

मिलनले स्टाटसमा दीपक लिम्बुसँगको प्रेमको कुरो झुट रहेको बताउदै डिभोर्सको समाचारमा भने सत्यता रहेको खुलाएकी छन ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१