धादिङमा चट्याङ लागेर २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । थाक्रे गाउँपालिकामा चट्याङबाट २ जनाको मृत्यु भएको छ । चट्याङबाट ७ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ स्थित बालुवाखर्कमा सोमबार राति चट्याङ परेको हो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

चट्याङ लागेर २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुलाई घरमै चट्याङ लागेको हो । चट्याङ लागेर गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लगिएको र २ जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

गम्भीर घाइते अर्का एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?