अध्यक्ष प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल सम्पन्न, भोलि अर्को बैठक बस्दै

काठमाडौँ, २५ माघ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सम्पन्न भएको छ आज बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा वहाँहरूवीच कुराकानि भएको थियो आज को छलफल अनुसार भोली एकता संयोजन समितिको बैठक बस्नेछ एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?