यस्तो छ खाडी मुलुकमा कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ६८ हजार ७८१ जनाको मृत्यु भएको छ, भने हालसम्म विश्वभर २४ लाख ५२ हजार ३ सय ९७ जना मानिसमा कोरोना संक्रमण भएको र ६ लाख ४२ हजार ६सय ३५ जना मानिस उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ५६ हजार १ सय ६४ जनाको अवस्था गम्भिर रहेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको खाडी मुलुक साउदी अरबमा हालसम्म कोरोनाको कारण १०३ जनाको मृत्यु भइसकेको र आजमात्र २ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म त्यहाँ १० हजार ४ सय ८४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

त्यस्तै अर्को खाडी मुलुक कतारमा कोरोनाको कारण हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । भने ६ हजार १५ जनामा कोरोना संक्रमण देखिएको र आज मात्र ५६७ जना कोरोनाका नयाँ बिरामी देखा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?