काठमाडौं नेकपाको आन्तरिक शक्ति–सन्तुलनमा प्रधानमन्त्री केपी शर्मा वलीका निकट मानिदै आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमवार प्रधानमन्त्रीको अध्यादेशमा असन्तुष्ट देखिए । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा मन्त्री ज्ञवालीले समर्थन जनाएनन् ।
पूर्वमाओवादी समूहका मन्त्री वर्षमान पुन र मन्त्री घनश्याम भुसालले असहमति जनाउनु अनौठो नभए पनि आफ्नो समूहकै नेताले गरेको निर्णयलाई असान्दर्भिक मान्नुलाई गम्भीर रुपमा लिइएको छ ।
सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको दल त्यागसम्बन्धी ऐन संशोधन अध्यादेश असान्दर्भिक भएको भन्दै असहमति जनाएका हुन् ।
मन्त्री ज्ञवालीले यो बेला यस्तो अध्यादेश ल्याउनुको कुनै औचित्य नहुने बताएका थिए ।
यो पनि पढ्नुहोस् :
मन्त्रिपरिषद्को निर्णयले नेकपाभित्र हलचल, के थियो त्यो निर्णय ?
सुरु भयो नेकपा सचिवालय बैठक, अध्यादेश रोक्नसक्ने !
नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया