कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नमाज पढिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मायादेवी गाउँपालिका ७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नमाज पढिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया