११ चैत्र २०७९, शनिवार

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान, ८९ तहमा गणना शुरु

२०७४,आश्विन,३,मंगलवार ०५:०७

0
Shares

काठमाडौँ, ३ असोज ।स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०५:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश

काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११