सरकार गठनपछि मात्र पार्टी एकता

धनगढी, २५ माघ – नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् आज प्रेस चौतारी नेपाल कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले विचार र व्यवस्थापनको बारेमा दुबै पार्टीभित्र छलफल हुने क्रम चलिरहेको र छिट्टै नेतृत्वको खोजी गरी पार्टी एकता हुने बताए पुर्ब प्रधानमन्त्री समेत रहेका नेपालले अब सरकार गठन गर्न धेरै समय नलाग्ने बताउँदै फागुन दोस्रो हप्ताभित्र बामगठबन्धन नेतृत्वको सरकार बन्ने बताए । उनले पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै मधेशी लगायतका दललाई सरकारमा सँगै लगेर जाने पनि स्पष्ट पारे उनले लोकतन्त्रको मूल्य मान्यतामा अडिग रहेर जनताको बहुदलीय जनवाद र माओवादको विचारलाई विश्लेषण संशलेशण गरी पार्टी एकतामा लैजाने बताए । बरिष्ठ नेता नेपालले जातीय सद्भाव कायम गर्न देशको विशेषता भएको बताउँदै जातीय भेदभावलाई अन्त्य गरी आपसी सद्भाव, अन्याय शोषणमा परेका जनतालाई न्याय दिलाउने अब बन्ने सरकारको प्राथमिकताभित्र पर्ने बताए उनले संघीयता अधिकारको नाममा गरिने दंगा फसादलाई अब बन्ने सरकारले छुट नदिने र भ्रष्टाचारलाई अन्त्य गर्ने पनि बताए । अहिलेको काम चलाउ सरकारले गरेका नियुक्तिहरुलाई अब बन्ने सरकारले प्राथमिकता नदिने समेत उनले बताए आज टिकापुरमा सुरु हुन लागेको टिकापुर महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आईपुगका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?