सुर्खेत । दैलेखको आठबीस नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाको कार्यालयमा शनिवार बसेको कार्यपालिका बैठकले खेतीयोग्य जमिन बाँझो राख्नेको तीन पुस्ते विवरण सार्वजानिक गरिने निर्णय गरेको हो ।
विभिन्न समयमा आउने भोकमरी अन्त्य गरि नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस्तो निर्णय गरिएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।
नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतीले हालको परिवेशमा गरिएको लकडाउनका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कारण निकट भविष्यमा भोकमरी समेत हुन सक्ने भएकाले नगरपालिकामा रहेको जग्गा बाँझो नछोड्ने प्रोत्साहन गरिएको बताए ।
उनले भने “कृषिजन्य वस्तुको उत्पादन गरौ, भोकमरीबाट बचौ”, भन्ने अभियान संचालन गर्ने निर्णय भएको छ ।
नगरपालिकाले किसानलाई आवश्यक सामाग्री उपलगराउने भएको छ । वडागत रूपमा कसले के खेति गर्ने भनी ७ दिनभित्र वडाले तथ्यांक नगरमा बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ ।
के हुन्छ कारबाही ?
यदि कसैले आफ्नो जमिन बाँझो छोडेको पाईएमा उसलाई खेति गर्न अनुरोध गर्ने, अटेर गरे खेति नगरी जग्गा बाँझो छोड्नेको तिनपुस्ते विवरण सार्वजनिक गर्ने नगरपालिकाले जनाएको छ । त्यतिमात्र हैन नगरपालिकाबाट वितरण गरिने राहत, सहायता, संचालित योजनाको उपभोक्त समिति आदिबाट निजलाई बञ्चित गरिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया