आर्सनलबाट म्यान्चेस्टर युनाइटेड गएका फुटबलर सान्चेजलाई १६ महिना जेल

काठमाडौं, २५ माघ । यसै जनवरीमा आर्सनलबाट म्यान्चेस्टर युनाइटेड पुगेका चिलीका फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले १ वर्ष ६ महिना जेल सजाय सुनाएको छ कर छलीका आरोपमा उनलाई अदालतले जेल सजाय सुनाएको हो । यद्यपि उनले जेलमा बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार २ बर्षभन्दा कम सजायमा जेल बस्नुपर्दैन आर्सनल आउनुअघि सान्चेजले सन् २०१२–२०१३ मा स्पेनको बार्सिलोनाबाट खेलेका थिए । सोही समयमा नै उनले ९ लाख पाउण्ड कर छलेकोे बताइएको छ निकै राम्रो कमाउने खेलाडी समेत रहेका उनले हाल साताको ६ लाख पाउन्ड पाउने गर्दछन् यस्तै आरोप बार्सिलोनाका स्टार लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोमाथि समेत लागेको थियो । मेस्सीलाई पनि एक वर्षअघि कर छलीको आरोपमा सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?