काठमाडौं, २५ माघ-प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेका हुन् । राजधानी दैनिकमा खबर छ |प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि राजीनामा दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरूसँग मंगलबारदेखि नै छलफल गरिरहेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया