सैन्य कूटनीति सक्रिय बनाउँदै नेपाली सेना

काठमाडौँ, २५ माघ – अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर जनरल रबर्ट ग्राउन्ड तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आजै बिहीबार काठमाडौं उत्रिँदैछन् । बेलायती सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टर आएको भोलिपल्टै अमेरिकी जनरल उत्रिनु संयोगमात्र होइन  संयुक्त परेडका लागि भारतीय सेनाको एक सांस्कृतिक ब्यान्ड पनि यतिबेला काठमाडौंमा नै छ । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत पनि शिवरात्रिका दिन हुने सैन्य दिवसमा सहभागी हुन आउँदैछन् । बेलायती र भारतीय गोर्खा सेना परेडका लागि काठमाडौंमा रहेका भए पनि अमेरिकी जनरल सद्भावना, सहकार्य, सहयोग र आपसी हितका बारेमा छलफलका लागि आएको सेनाले जनाएको छ, कान्तिपुरमा खबर छ नेपाली सेना, भारतीय सेना (गोर्खा) र बेलायती सेना (गोर्खा) ब्यान्डको पोखरामा हुने संयुक्त परेडमा बेलायती मन्त्री, सेनाध्यक्ष र नेपालमा रहेका भारत र बेलायतका गोर्खा सैनिक सहभागी हुने भएका छन् । लामो समयपछि संयुक्त परेड हुन लागेको हो । यही परेड अवलोकन गर्न बेलायती आम्र्ड फोर्सेस राज्यमन्त्री मार्क ल्यानक्यास्टर पनि तीनदिने भ्रमणमा बिहीबार नेपाल आउँदैछन् । उनले परेड अवलोकनका साथै राजनीतिक भेटघाट गर्नेछन् नेपाली सेनाले सैन्य कूटनीति सक्रिय बनाएका कारण यस्ता भ्रमण र परेड तय भएको हो । भ्रमणले ती देशसँगको पारस्परिक सम्बन्ध थप बढ्ने विश्वास नेपाली सेनाले लिएको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?