जो वडामा हारे, राष्ट्रिय सभा जिते

सुर्खेत, २५ माघ- राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए । कान्तिपुरले खबर छापेको छ |माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्त गरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका थिए सशस्त्र द्वन्द्वकालमा ८ वर्ष भारत निर्वासित भएका उनी शान्ति स्थापनापछि भारतबाट फर्केर एमालेको राजनीतिसँगै जातीय विभेदविरुद्ध सामाजिक गतिविधिमा संलग्न रहे राष्ट्रिय सभामा विजयी भएपछि लुहारले जातीय विभेदको चपेटमा परेको दलित समुदायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिए । ‘म दलित हुँ । मेरो समुदायले भोगेको पीडा मजति अरूलाई थाहा छैन’, उनले भने, ‘राष्ट्रिय सभामा पुगेको छु । सिंगो दलित, उत्पीडित समुदायको हकहितमै आफ्नो समय खर्चिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?